खेलकुद

लेभान्टे र बिल्वाओको बराबरी

फागुन १५, २०७७

एजेन्सी – स्पेनिस ला लिगामा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली लेभान्टेले पेनाल्टीमार्फत अग्रता लिएपनि बिल्वाओेले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काएका थिए । लेभान्टेमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा रोजरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।

युनाई नुनेजलाई पेनाल्टी बक्समा जर्ज डि फ्रुटोसले फल गरेपछि रेफ्रीले लेभान्टेलाई पेनाल्टी प्रदान गरेको थियो । जमा रोजजर चुकेनन् ।

५६औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए । एलेक्स बेरेनगुएरले पेनाल्टी बक्समा निकोला भुकसेभिकलाई लडाएपछि बिल्वाओले पेनाल्टी पाएको थियो ।

यो बराबरीसँगै लेभान्टे २५ खेलबाट ३२ अंक जोडेर आठौं स्थानमा रहँदा बिल्वाओ २४ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यता फ्रेन्च लिग वानमा निसले रेनिसलाई २–१ ले पराजित गरेको छ । निसका एमिन गुइरी र फ्लाभियस ड्यानिलियसले गोल गरे । निसमा मार्टिन टेरिएरले एक गोल फर्काए ।

यो जितसँगै निस २६ खेलबाट ३८ अंक जोडेर आठौं स्थानमा रहँदा निस २७ खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button