खबर

पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन

काठमाडौं,फागुन १६, २०७७
नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ तर त्यसका लागि समय भने केही पर गएको छ । नयाँ परिस्थितिअनुसार नेपाल आगामी पाँच वर्षमा विकासशील मुलुकमा औपचारिक रूपले स्तरोन्नति हुने छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेपछि नेपालको गन्तव्य स्पष्ट भएको हो । नेपालले अबको पाँच वर्ष अर्थात् सन् २०२६ देखि नेपाल विकासशील दे मा स्तरोन्नति हुने सीडीपीले सिफारिस गरेको हो । यो पाँच वर्ष उसले स्तरोन्नतीको तयारीका लागि दिएको जनाएको छ ।

पाँच वर्षअघिको भूकम्प र कोरोनाभाइरस सङ्क्रमण समेतका कारण पूर्वनिर्धारित सन् २०२२ मा भने नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सकेन । यही फेब्रुअरी २२ देखि २६ सम्म चले को सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै आइरहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको छ । स्तरोन्नतिका लागि दिइएको तीनवटा सूचकमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिमको सूचकाङ्कमा नेपालले पछिल्लो दुईवटा सूचकाङ्कको थ्रेसहोल्ड (न्यूनतम मान) छोएकाले विकासशील देशमा स्तरोन्नतिका लागि योग्य ठहरिएको समितिले जनाएको छ । नेपालले प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा गर्न सकेको छैन ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button