खेलकुद

सेफिल्डमाथि लिभरपुलको जित

फागुन १७, २०७७

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

लिभरपुलले घरेलु टोली सेफिल्डलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा लिभपुलले खेलको सुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६४औं मिनेटमा किन ब्रायनले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो । रोबर्टाे फिर्मिनोको प्रहार किन ब्रायनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा राम्सदालेले रोक्ने कुनै मौका नै पाएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो । यो जितसागै लिभरपुल २६ खेलबाट ४३ अंक जोडेर छैटौ स्थानमा रहेको छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

अन्य नतिजा

क्रिस्टल प्यालेसविरुद्ध फुलहम (०–०), लेस्टरविरुद्ध आर्सनल (१–३), टोटेनहमविरुद्ध बर्नले (४–०), चेल्सीविरुद्ध म्यानचेस्टर युनाइटेड (०–०)hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button