खबर

थोत्रा टायर र ट्युबको पनि अभावः एक इन्धन उद्योग बन्द, अर्को पनि सङ्कटमा

काठमाडौं,फागुन २४, २०७७
फालिएका थोत्रा टायर तथा ट्युबको भारत तस्करी हुँदा फर्नेस आयल उत्पादन गर्ने उद्योग कच्चा पदार्थको अभावमा सङ्कटमा परेका छन् ।

रुपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्ण रूपमा बन्द भएको छ भने अर्को बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको करवानीमा रहेको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।

सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग भने गत फागुनदेखि बन्द छ । “भारत तस्करी नहुने हो भने यहीँ उपलब्ध हुने थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा गर्छ ।

तरकरी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ,” स्पिड इनर्जी उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले भने । २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहे पनि अहिले भने चार हजार लिटरको हाराहारीमा मात्रै उत्पादन भइरहेको उद्योगी श्रेष्ठले बताए ।

यो उद्योगले काम नलाग्ने टायर, ट्युबजस्ता रबरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा विभिन्न उद्योगले इन्धनका रूपमा प्रयोग गर्ने फर्नेस आयल उत्पादन गर्ने गर्छ । त्यस्तै कोइलाको प्रतिस्थापनका रूपमा प्रयोग हुने कार्बन र स्टिल वायरजस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ । गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button