खेलकुद

धरानमा कम्युनिटी कोचिङ कोर्स सम्पन्न

फागुन २८, २०७७

धरान (हाम्रो खलकुद)– सुनसरी जिल्ला फुटबल संघको आयोजनामा ४ दिने कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ । धरान एन्फा एकेडमी टेक्निकल सेन्टरमा फागुन २४ देखि २७ गते सम्म भएको कोर्समा सुनसरी ,उदयुपर,तेह्रथुम, सोलुखम्बुका ३० जना प्रशिक्षार्थी सहभागी थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का एजुकेशन हेड अफ द कोच संजित सिंह साथै सहयोगी प्रशिक्षकमा दर्शन राजलवट , श्याम मानन्धर , भगवती राना मगर थिए । त्यस्तै प्रशिक्षण गराउने अन्य प्रशिक्षकमा अर्जुन राई ,इन्द्र थापा मगर थिए ।

एन्फाका मानार्थ उपाध्यक्ष तथा प्रदेश १ का फुटबल संघ अध्यक्ष किशोर राई, एन्फाका केन्द्रीय सदस्य दीपक राई, कार्यक्रम संयोजक सुनसरी जिल्ला फुटबल संघका उपाध्यक्ष नवीन राई, धरान एन्फा एकेडेमीका सचिव प्रताप तामाङ, एम्स एकेडेमीका निर्देशक अनुप तामाङ लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सुनसरी जिल्ला फुटबल संघ का अध्यक्ष केशव कार्कीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रदेश १ फुटबल संघका अध्यक्ष राई, एन्फा सदस्य राई र सहभागीकातर्फबाट नवीन राईले प्रशिक्षणका उपयोगिताका बारेमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button