खबर

दैलेखमा पेट्रोलियम पदार्थ: उत्खननको सम्भावना टुङ्गो लगाउन चिनियाँ प्राविधिक टोली आउँदै

काठमाडौं ,चैत २, २०७७
दैलेखको श्रीस्थान, नाभीस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणपछि व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनियाँ प्राविधिकको टोली यही चैत १९ (अप्रिल १)मा नेपाल आउने भएको छ ।

अन्वेषणका लागि १० वटा सिस्मिक लाइनमा सर्भे कार्य सकिएपछि त्यसको वास्तविक अध्ययनपछि पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम गर्न दोस्रो चरणमा चिनियाँ प्राविधिकको टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले चैत १९ गते चिनियाँ टोली नेपाल आउने निश्चित भएको बताए । उनले चिनियाँ टोलीले पहिलेदेखि प्रस्ताव गरेको भए पनि चैत १९ गते नेपाल आउने निश्चित भएको बताए ।गोरखापत्र दैनिकमा कमल शर्माले लेखेका छन् ।

उनले पहिलो चरणमा आएको प्राविधिक टोलीले जिल्लाको मुख्यतः दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका केही भूभाग समेटेर १० वटा सिस्मिक लाइनमा दुई सय लाइन किमी सर्भे गर्न चार सय वर्ग किमी भूभाग समेटेर सर्भे गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button