कला

आमिरको ‘लाल सिंह चड्ढा’ मा नागा चैतन्यको प्रवेश

एजेन्सी, मुम्बई, 2021/03/15

बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ को यतिबेला छायांकन भइरहेको छ । फिल्मको भारतसँगै विभिन्न देशमा छायांकन भएको छ । हिन्दीसहित अन्य भाषामा समेत निर्माण भइरहेको फिल्ममा साउथ सुपरस्टार विजय सेतुपतिले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न लागेका थिए । तर, आमिरसँग केही कुरामा मतभेद भएपछि उनले फिल्मबाट हात झिके ।

अब विजय सेतुपतिको ठाउँमा निर्माण टिमले तेलुगू स्टार नागा चैतन्यलाई साइन गरेको छ । फिल्ममा उनले आमिर खानको साथीको भूमिका निर्वाह गर्नेछन् । यो नै उनको बलिउड डेब्यू फिल्म हुनेछ । नागाले बलिउडको मेगा प्रोजेक्टको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले आउँदोे मे महिनाबाट फिल्मको छायांकन सुरु गर्ने भारतीय मिडियाले बताएका छन् ।

नागा चैतन्य साउथ सुपरस्टार नागार्जुनका छोरा हुन् । तेलुगु फिल्मकी नम्बर वान अभिनेत्री मानिने सामन्था अक्किनेनीका श्रीमान समेत रहेका उनको तेलुगू फिल्म इन्डस्ट्रीमा निकै राम्रो फ्यान फलोइंग छ । ‘लाल सिंह चड्ढा’ मा उनको प्रवेशले दक्षित भारतमा फिल्मले लोकप्रियता हासिल गर्ने विश्वास लिइएको छ । फिल्ममा आमिरको अपोजिटमा अभिनेत्री करीना कपूर खान छिन् ।filmykhabar.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button