खबर

राजनीतिक दबाब धान्नै मुस्किलः स्थानीय तहमा कामकाज खटाउने काम स्थगित

काठमाडौं, चैत ३, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाज खटाउनेसम्बन्धी कार्य तत्काल लागि स्थगन गरेको छ । अन्तर स्थानीय तहमा सरुवाका लागि मन्त्रालयमा अनावश्यक राजनीतिक तथा प्रशासनिक दबाब आउन थालेको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सो कार्य स्थगन गरेको हो । स्थगन गर्न मन्त्रालय चारवटा तर्क अघि सारेको छ ।

सम्पूर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइ नसकेको, कामकाज–सरुवालाई व्यवस्थित गर्ने सफ्टवेयर निर्माण हुने क्रममा रहेको, रिक्त रहेको पदहरुमा पदपूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको समेत पाइएको र कतिपय स्थानीय तहबाट विगतमा जारी भएका सहमतिपत्रबाट हाल सरुवा–कामकाजमा नखटाइदिन अनुरोध भइ आएकाले स्थगित गर्नुपरेको मन्त्रालयका स्थानीय तह कर्मचारी शाखाका अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले बताए ।

स्थानीय तहका कर्मचारीको दोहोरो सहमतिका आधारमा सरुवा हुने भएपछि दिनप्रतिदिन मन्त्रालयमा भीड बढ्दै गएको थियो ।

नेपाल समाचारपत्र दैनिकमा  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button