
चैत ६, २०७७
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति क्रोएसियन क्लब डिनामो जाग्रिवसँग अतिरिक्त समयमा ३–० ले तथा समग्रमा ३–२ ले पराजित हुदै टोटेनहम अन्तिम १६ बाटै बाहिरिएको हो ।
पहिलो लेगमा २–० ले को जित निकालेको टोटेनहम दोस्रो लेगमा मिस्लाभ ओरसिसले ह्याट्रिक पुरा गरेपछि पराजित हुन पुगेको थियो ।
जाग्रिवमा घरेलु टोलीले खेलको ६२औं मिनेटमा मिस्लाभ ओरसिसको गोलबाट अग्रता लिएको थियो । उनले लोभरो माजेरको पासमा गोल गरेका थिए । ८३औं मिनेटमा ओरसिसले गोल गर्दै डिनामोको अग्रता दोब्बर पारे ।
त्यसपछि निर्धारित समयमा गोल निस्कन नसकेपछि खेल २–२ गोलको बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०६औं मिनेटमा मिस्लाभ ओरसिसले ह्याट्रिक पुरा गर्दै जाग्रिवलाई ३–० को जितसहित क्वाटरफाइनलमा पुर्याउन सफल भए ।
युरोपा लिगकै अर्काे खेलमा इटालियन क्लब रोमाले युक्रेनी क्लब साख्तर डोनेस्कलाई उसकै मैदानमा २–१ ले तथा समग्रमा ५–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । पहिलो लेगमा रोमा ३–० ले विजयी भएको थियो । साख्तरको मैदानको रोमाको जितमा बोर्जा मायोरलले दुई गोल गर्दा जुनियर मोराएसले एक गोल फर्काए ।
४८औं मिनेटमा बोर्जा मायोरालको गोलबाट रोमाले अग्रता लिएको थियो । ५९औं मिनेटमा जुनियरले बराबरी गोल फर्काए । ७२औं मिनेटमा मायोरालले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २–१ को जित दिलाए ।
क्वाटरफाइनलमा प्रवेश गर्ने टोली
आर्सनल, डिनामो जाग्रिव, ग्रानडा, रोमा, म्यानचेस्टर युनाइटेड, स्लाभिया प्राग, भिल्लारियल र आयाक्स,hamrokhelkud/from



