
६ चैत्र २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा , राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर नगर समितिको एकताको नगर अधिवेशन आज शुरु भएको छ । झापाको काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी कार्यालयको सभा हलमा शुरु भएको अधिवेशनले आजै नयाँ नगर नेतृत्व चयन गर्ने बताईएको छ । राप्रपा मेचीनगरका सभापति शुशील आचार्यको सभापतित्वमा आरम्भ भएको सो अधिवेशनलाई सम्बोधन गर्न राप्रपाका महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्गदेन, राप्रपाका नेताहरु भक्ति सिटौला, रोसन कार्की, अम्बर बिष्ट, देबी दंगाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

कार्यक्रममा राप्रपाका झापा जिल्ला र प्रदेश १ का विभिन्न पदाधिकारीहरुको समेत बाक्लो उपस्थिति रहेको छ । नगर अधिवेशनकै क्रममा लामो समय देखि राप्रपामा रहेर पार्टीलाई योगदान पु¥याउने अग्रज कार्यकर्ताहरुलाई समेत दोसल्ला ओढाएर राप्रपाका नेताहरुले सम्मान गरेका थिए ।






