खेलकुद

इटाली र जर्मनी विजयी

चैत १६, २०७७

एजेन्सी – इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् । इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

सोफिया बुल्गेरियामा आइतबार राति भएको खेलमा इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । ४३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

आफैलाई पेनाल्टी बक्समा डिमोभले लडाएपछि प्राप्त पेनाल्टीमा उनी चुकेनन् । ८२औं मिनेटमा म्यानुयल लोकाटेल्लीले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए ।

यही समूह ‘सी’ को अर्काे खेलमा स्वीट्जरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ । स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस नतिजापछि समान ६ अंक भएपनि गोल अन्तरमा इटाली शीर्ष र स्वीट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ । लिथुआनिया, नर्दन आयरल्यान्ड र बुल्गेरियाले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै समूह ‘जे’ को खेलमा जर्मनीले रोमानियामाथि १–० को झिनो जित निकालेको छ । जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो । यस्तै अर्काे खेलमा अर्मेनियाले आइसल्यान्डलाई २–० ले तथा नर्थ म्यासेडोनियाले लिचेस्टाइनलाई ५–० ले पराजित गरेको छ ।

यस नजितापछि समूह ‘जे’ मा समान ६ अंक भएपनि जर्मनी शीर्ष तथा अर्मेनिया दोस्रो स्थानमा रहेको छ । समान ३ अंक भएपनि नर्थ म्यासेडोनिया र रोमानिया तेस्रो र चौथो स्थानमा रहेको छ । आइसल्यान्ड र लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।

अन्य नतिजा
समूह ‘बी’ – जर्जियाविरुद्ध स्पेन (१–२) र कोसोभोविरुद्ध स्वीडेन (०–३)
समूह ‘सी’ – बुल्गेरियाविरुद्ध इटाली (०–२) र स्वीट्जरल्यान्डविरुद्ध लिथुआनिया (१–०)
समूह ‘डी’ – काजकस्तानविरुद्ध फ्रान्स (०–२) र युक्रेनविरुद्ध फिनल्यान्ड (१–१)
समूह ‘एफ’ – डेनमार्कविरुद्ध माल्दोभा (८–०), अष्ट्रियाविरुद्ध फारोइ आइल्यान्ड (३–१) र इजरायलविरुद्ध स्कटल्यान्ड (१–१)
समूह ‘आई’ – पोल्यान्डविरुद्ध एन्डोरा (३–०), अल्वानियाविरुद्ध इंग्ल्यान्ड (०–२) र सानमारिनोविरुद्ध हंगेरी (०–३)
समूह ‘जे’ – रोमानियाविरुद्ध जर्मनी (०–१), अर्मेनियाविरुद्ध आइसल्यान्ड (२–०) र नर्थ म्यासेडोनियाविरुद्ध लिचेस्टाइन (५–०),hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button