खबर

2 मईको दिन दिदीको पराजय निश्चित छ : अमित शाह

अप्रील 2, 2021

कालचिनी : मदारीहाट विधानसभा आसन र कालचिनी विधानसभा आसनका दुई भाजपा प्रार्थी मनोज तिग्गा र विशाल लामाको समर्थनमा आज एउटा चुनावी जनसभा कालचिनी खण्डको हाँसीमारा वायुसेना छाउनी संलग्न सुभाषिनी मैदानमा सम्पन्न भयो। उक्त सभामा प्रमुख रूपमा भाजपाका केन्द्रिय नेता तथा गृहमन्त्री अमित शाह उपस्थित थिए भने तिनी जनसभास्थलमा आइपुग्न साथ उपस्थित पार्टीका समर्थकहरूले जय श्री राम-को नारा लगाए। यसभन्दा अघि हाँसीमारा वायुसेना छाउनीमा कठोर सुरक्षा व्यवस्थाबीच विमानबाट ओर्लिएपछि अमित शाह सोझै जनसभा स्थलमा पुगेपछि तिनलाई भव्य रूपमा स्वागत जनाइयो। उक्त चुनावी जनसभालाई सम्बोधन गर्दै अमित शाहले भाजपाको संकल्प पत्रमा उल्लेख गरेको गोर्खाको 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउने काम अब शुरू हुन लागेको बताए। यसको साथै तिनले बङ्गालमा तृणमूलको पराजय निश्चित रहेको अनि भाजपाको सरकार गठन हुने दावी गरे। तिनले भने, आगामी 2 मईको दिन ममता दिदीको विदाई हुनसाथ बङ्गालमा भाजपाको सरकार बन्नेछ अनि यहाँका गोर्खा, आदिवासी, राजवंशी आदि सबै समुदायका मानिसहरूको दीर्घदिनदेखिको समस्याको समाधान हुनेछ। यसको साथै यहाँको स्थायी राजनैतिक समाधान भाजपाले गर्नेछ भनी तिनले बताए। तिनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई कटाक्ष कस्दै हिजो भएको मतदानमा ममता दिदी नन्दीग्राम आसनबाट पराजित भएको बताए। आजको चुनावी सभामा भाजपाका राज्य स्तरीय नेतृत्वहरू लगायत जिल्ला स्तरीय तथा उत्तर बंगालका विभिन्न ठाउँका पार्टी सांसदहरू तथा कार्यकर्ताहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।
भाजपा नेतृत्वहरू गोर्खाहरूप्रति इमान्दार छैन : सतीश पोख्रेल


अप्रील 2, 2021

बिजनबारी: गत केही दिन अघि भाजपा बङ्गाल प्रभारी कैलाश बिजयवगर्यीले नेपालको 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिने भन्दै दिएको विवादस्पद बयान तथा गृहमन्त्री अमित शाहले भाजपा गोर्खाल्याण्डको पक्षमा नरहेको बताएपछि आज उक्त बिषय लिएर गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा)-का उपाध्यक्ष सतिश पोखरेलले बिरोध जनाएका छन्। तिनले आज पत्रकारहरूसित कुराकानी गर्दै भने, भाजपाका यी दुई शीर्ष नेतृत्वको यस्ता मानसिकताबाट भाजपा गोर्खाहरुका निम्ति कहिले ईमान्दार छैन अनि कहिल्यै हुँदैन भन्ने कुरा स्पष्ट भएको छ। तिनले गोर्खा जातिको कहिल्यै भलो नचिताउने तथा सदा गोर्खाको विरोधमा रहने भाजपा पार्टीलाई आउँदो विधानसभा चुनाउमा गोर्खाहरूले पराजित गर्नु पर्छ भनी तिनले अपील गरेका छन् ।
फालाकाटामा प्रार्थी सुभाष चन्द्र रायलाई जिताउने अपील गरिन् ममता ब्यानर्जीले


अप्रील 2, 2021

अलिपुरद्वार : फालाकाटामा तृणमूल प्रार्थी सुभाष चन्द्र रायको समर्थनमा आयोजित चुनावी जनसभामा आज तृणमूल नेत्री ममता ब्यानर्जीले अंश ग्रहण गरिन्। उक्त सभालाई सम्बोधन गर्दै तिनले विविध विकासमूलक कार्यहरूबारे उपस्थित मानिसहरूलाई जानकारी गराइन्। उक्त जनसभाको माध्यमद्वारा तिनले फालाकाटा विधानसभाका प्रार्थी सुभाष चन्द्र रायलाई विपुल मतले विजयी बनाउने सबैसित अपील पनि गरिन्। यसको साथै तिनले केन्द्रको भाजपा सरकारको खोइरो खनिन्। तिनले फालाकाटाबाट भाजपालाई पराजित गर्ने आहवान पनि गरिन्।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button