मूल खबर

महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन : नेता नेपाल

२२ चैत्र २०७७

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको दावी गरेका छन्। नेपालले भने,’ कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।’

महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन नमिल्ने बताउँदै नेपालले भने ‘महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन । अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई फालेर ओलीले कमाउवादलाई प्रश्रय दिँदैछन् । ओलीको बुझाइमा मार्क्सवाद मुक्ति होइन कमाउवाद हो’, ।

त्यस्तै, संख्यात्मक हिसाबले समेत आफूहरु कम्जोर नभएको जनाउँदै उनले भने, ‘संख्यात्मक कुरा गर्छ भने, संगठनको हिसाबले पनि हामी कमजोर छैनौं’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button