खेलकुद

बार्सिलोनालाई हराउँदै रियल शीर्षस्थानमा

चैत २९, २०७७

एजेन्सी – स्पेनिस ‘एल क्लासिको’ मा बार्सिलोनालाई सहजै पाखा लगाउँदै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ ।

क्याटलान क्लब बार्सिलोनालाई २–१ ले पराजित गरेपछि रियलले एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३० खेलबाट ६६ अंक पुगेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा कप्तान करिम बेन्जेमा र टोनी क्रुसले गोल गर्दा पाहुना टोली बार्सिलोनाका ओस्कार मिगुएजाले एक गोल फर्काए ।

यो जितसँगै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको एल क्लासिको आफ्नो पक्षमा पारेको छ । २०१३ को क्लासिकोको दुवै रियलले आफ्नो पक्षमा पारेको थियो । यो सिजनको क्लासिको रियलले ३–१ ले जितेको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button