खबर

नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने, निर्यात क्षमता ११ खर्ब पुग्ने

सांकेतिक तस्विर

काठमाडौं,चैत ३१, २०७७

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै विश्व बैंकले हालभन्दा १२ गुणा निर्यात हुन सक्ने उल्लेख गरेको हो । २० वर्षअघिसम्म निर्यात स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किँदै गएको उल्लेख छ । खस्किँदो निर्यात बढाएर अर्थतन्त्र गतिशील बनाउन नेपालले बलियो पहलकदमी नलिएको प्रतिवेदनमा औंल्याएको छ ।

सामाजिक दूरी मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षासहित आर्थिक वर्ष २०७७÷७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने प्रतिवेदनमा ठहर गरिएको छ । विश्व बैंकका अनुसार दक्षिण एसियामा ४० वर्षपछि पहिलोपटक सबैभन्दा धेरै आर्थिक संकुचन देखिएको छ । कोभिडपछि नेपाली अर्थतन्त्र निरन्तर खुकुलो गर्दै लगिएको, सामाजिक दूरी मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य हुनु सकारात्मक भएको बैंकको भनाइ छ ।

पछिल्लो समय मनसुनमा देखिएको अनुकूलतामा कारण कृषि उत्पादनसमेत राम्रो हुने अपेक्षा बैंकको छ । नेपालको उपयोग गर्न सक्ने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब रुपैयाँबराबर रहेको विश्व बैंकले नेपाल विकास अपडेटमा उल्लेख गरेको छ । यो जारी वार्षिक निर्यात व्यापारको १२ गुणा हो । विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा नेपाल विकास अपडेट प्रमुख डा. केने इजेमेनारीका अनुसार निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसरको प्रतिनिधित्व गर्दछ । राजधानी दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button