खेलकुद

चेल्सी ७ वर्षपछि सेमिफाइनलमा

वैशाख १, २०७८

एजेन्सी – इंग्लिस क्लब चेल्सी ७ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–० को हार भोगेपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सीले ७ वर्षपछि अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

चेल्सीले पहिलो लेगमा २–० को अवे जित निकालेको थियो । यस्तै चेल्सीले २०१४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइलमा चेल्सी स्पेनिस क्लब एट्ल्टिको म्याड्रिडसँग ३–१ ले पराजित भएको थियो । सेभियामा मंगलबार राति भएको खेलमा पोर्टाे जितमा मेहदी तेरेमीले इनयुरी समयको थप गरिएको चौथो मिनेटमा ओभरहेड किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएपनि अघिल्लो चरणको यात्रामा लैजान सकेन ।

पोर्टाेले प्रि–क्वाटरफाइनलमा इटालियन महारथी युभेन्टसलाई पाखा लगाएपनि क्वाटरफाइनलबाट अघि बढ्न सकेन । चेल्सीले पहिलो लेगमा मासन माउन्ट र बेन चिलवेलको गोलको जित निकालेको थियो । अब चेल्सीले सेमिफाइनलमा रियल म्याड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा रियल ३–१ ले अघि दोस्रो लेग आज राति एनफिल्डमा हुदैछ ।filmykhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button