प्रार्थी केशवराज पोख्रेलको समर्थनमा चुनावी सभा
अप्रील 14, 2021
सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत रियाङ बस्तीमा आज चुनावी सभा सम्पन्न भयो। समष्टि समन्वय समिति अध्यक्ष उदय देवानको विशेष उपस्थितिमा प्रार्थी केशवराज पोख्रेलको समर्थनमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै वक्ताहरूले भाजपा गोर्खा जातिको भानवासित राजनीति गर्ने दल रहेको आरोप लगाए। विगत लोकसभा र विधानसभा चुनाउमा जिताएर पठाएको भाजपाका एमपी र एमएलएले गोर्खाको हितमा कुनै पहल नगरेको तिनीहरूले बताए। गोर्खाको भोटले जीत हासिल गरेर भाजपाले आफ्नो चौकी सुरक्षित राख्ने गरेको आरोप लगाउँदै वक्ताहरूले यस पटकको चुनाउमा प्रार्थी केशवराज पोख्रेलको पक्षमा मतदान गरेर विपुल मतले विजय बनाउने अपीलसित गरे।
अभागोली प्रार्थीद्वारा विभिन्न ठाउँमा चुनाउ प्रचार

अप्रील 14, 2021
सुकेपोखरी : अखिल भारतीय गोर्खा लीग भारती खेमाको दार्जिलिङ विधानसभा चुनाउका स्वतन्त्र उम्मेद्वार नीमा ग्याम्सो शेर्पाले विभिन्न ठाउँहरूमा घुमेर चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा तिनले परिवर्तनको जनचेतनामूलक सन्देश दिँदै तीनमाइल, गड्डीखान, जोरबङलो आदि क्षेत्रहरूमा भ्रमण गरेर चुनाउ प्रचार गरे। यस अवसरमा गोर्खा लीगका शीर्ष नेतृत्व तथा समर्थकहरूलाई साथमा लिएर प्रार्थी नीमा ग्याम्सो शेर्पाले चुनावी कार्यक्रम अवधि सर्वसाधरणसित भेटघाट गर्दै युवाहरूको अनिश्चित सङ्कटकालीन भविष्यमाथि गहिरो चिन्ता व्यक्त गरे। तिनले पहाड़मा परिवर्तन आवश्यक रहेको दावी गर्दै पहाडको विकास र उन्नतिको लागि युवाहरूलाई अघि आउने आहवान गरे। युवाहरूले मात्र पहाडमा परिवर्तन ल्याउन सक्ने ठोकुवा गर्दै तिनले एकपल्ट आउँदो विधानसभा चुनाउमा आफ्नो पक्षमा मतदान गरेर जनताको हितमा काम गर्ने मौका दिनुहोस् भन्दै तिनले सबैसित अपील गरे।
प्रार्थी पीटी ओलाको समर्थनमा दार्जिलिङमा चुनावी जनसभा

अप्रील 14, 2021
दार्जिलिङ : दार्जिलिङ विधानसभा आसनका गोजमुमो प्रार्थी पीटी ओलाको समर्थनमा दार्जिलिङ सहरको पुरानो सुपर मार्केट अघिल्तिर आज चुनाउ प्रचारको अन्तिम दिन विराट चुनावी जनसभा सम्पन्न भइरहेको छ।
उक्त जनसभामा प्रमुख वक्ताका रूपमा पार्टी अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी, प्रार्थी पीटी ओला लगायत अन्य शीर्ष नेताहरू उपस्थित रहेका छन्। यस अवसरमा गोजमुमोका समर्थकहरू लगायत सहयोगी हिल तृणमूलका सदस्यहरू पनि धेरै संख्यामा उपस्थित देखिएको छ।
सीबीएसई-को दशौँ श्रेणीको परीक्षा रद्द, बाह्रौँ श्रेणीको परीक्षा स्थगित
अप्रील 14, 2021

कोरोनाको बढ्दो संक्रमणले गर्दा सीबीएसई-को दशौँ श्रेणीको परीक्षा रद्द गरिएको छ। आज देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रीसित एउटा महत्वपूर्ण बैठक गरेर उक्त निर्णय लिएको बताइएको छ। बोर्डको मापदण्ड अनुसार अब दशौँ श्रेणीको परीक्षाफलको घोषणा गरिने भएको छ। अर्कोतिर, बाह्रौँ श्रेणीको परीक्षालाई लिएर अहिले नै चुडान्त निर्णय नलिए तापनि आगामी 1 जुनको दिन शिक्षा बोर्डले यसबारे निर्णय लिइने भएको छ।siliguritimes/from,india



