खबर

पैंतिस महिलाका ठग प्रेमी पक्राउ

१३ बैशाख २०७८
टोक्यो, (एजेन्सी)

जापानको सोरा न्युज २४ ले ३५ जना महिलालाई एकै पटक डेट्रिङ गर्ने ताकासी मियागावा नामक एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ती पीडित महिला समूहले उजुरी दिएपछि उनी गिरफतारीमा परेका हुन् ।

पार्ट टाइम काम गरेर जीविका चलाउने उनले महँगा महँगा उपहार र पैसा थुत्नका लागि यति धेरै संख्यामा प्रेमिका बनाएका थिए । उनले सबैसँग आफू प्रेममा निकै आशक्त भएको नाटक गर्ने गर्दथे ।उनको नाटक, बहानाबाजी र बेइमानी बुझिेपछि ती सबै महिला स्कजुट भएका थिए ।

वर्षभरि नै उपहार तथा पैसा पाइराख्न उनले सबैलाई आफ्नो जन्मदिनको छुटाछुटै तिथि दिएको पनि स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनले सत सबै महिलाबाट एउटा सुटलगायत २ सय पाउन्ड बराबरको अन्य उपहार प्राप्त गरेको बताइएको छ । उनले आफूले फसाएका सम्पूर्ण एकल महिलालाई विभिन्न रेस्टुरेन्ट र पार्कमा लाने गरेका थिए ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button