
१९ बैशाख २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिन लागिएको जानकारी दिएका हुन्।
आगामी २७ वैशाख २७गते विश्वासको मत लिने तयारी भएको एक मन्त्रीले जानकारी दिए। प्रतिनिधि सभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६३, नेकपा (माओवादी केन्द्र)का ५०, जनता समाजवादी पार्टीका ३४ सांसद छन् ।



