खबर

चुनाउको परिणाम पछि पेट्रोल-डीजलको मूल्यमा लगातार वृद्धि

चुनाउको परिणाम पछि पेट्रोल-डीजलको मूल्यमा लगातार वृद्धि
मे 6, 2021

सिलगढी : बंगाल विधानसभा चुनाउको परिणाम हुने बित्तिकै पेट्रोल-डीजलको मूल्यमा पनि वृद्धि शुरू भएको छ। गत 2 मईको दिन विधानसभा चुनाउको रिजल्ट भएपछि प्रत्येक दिन कम्ती कम्ती गर्दै पेट्रोल-डीजलको दाम 10 – 20 पैसा गरेर बढिरहेको छ। प्राप्त जानकारी अनुसार गत 3 मईपछि हालसम्म पेट्रोलमा 50 पैसा प्रतिलिटर अनि डीजलमा प्रति लिटर 50 पैसा गरेर मूल्य वृद्धि भएको छ। सिलगढी शहरमा आज पेट्रोल प्रतिलिटर 90.93 रूपियाँ अनि डीजल 84.06 रूपियाँ प्रतिलिटर बिक्री भइरहेको छ। पेट्रोल डीजलको मूल्यमा भइरहेको वृद्धिलाई लिएर साधरण मानिसहरूले चिन्ता व्यक्त गर्दै अब फेरि महँगाइ बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन्। कोरोना महामारीले गर्दा हाल प्राय:जसो सबै मानिसहरूको आर्थिक स्थितिलाई प्रभाव पारिरहेको समयमा नै पेट्रोल-डीजलको मूल्य वृद्धिले अझ समस्या बढ्न थालेको भुक्तभोगी जनताको भनाई रहेको छ।
सिलगढीका नयाँ पुलिस कमिश्नर गौरव शर्मा


मे 6, 2021

सिलगढी : राज्यमा तृणमूल कङ्ग्रेसले तेस्रोपल्ट सरकार गठन गरेपछि राज्यका पुलिसका विभिन्न शीर्ष पदाधिकारीहरूलाई स्थानान्तरण गरिएको छ। प्राप्त जानकारीअनुसार सिलगढी पुलिस कमिश्नर डीपी सिंहको बद्लीमा गौरव शर्मा (आईपीएस)-लाई नियुक्त गरिएको छ। स्मरण रहोस्, गौरव शर्मा यसभन्दा अघि सिलगढीमा अतिरिक्त पुलिस अधीक्षक (एएसपी)-को रूपमा कार्यरत थिए। तिनलाई एकजना खुबै ईमान्दारी, कर्तव्यनिष्ठ तथा दबङ्ग पुलिस अधिकारीको रूपमा चिनिन्छ।
बिहेबाट फर्किरहेको समय सडक दुर्घटनामा 5 जनाको मृत्यु


मे 6, 2021

इटाहार : उत्तर दिनाजपुर जिल्लाको इटाहारको 34 नम्बर राष्ट्रिय राजमार्गमा मर्मान्ति सडक दुर्घटनामा 5 जनाको मृत्यु भएको छ, जसमा दुईजना साना नानी सामेल छन्। उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ। मृतकहरू क्रमैले स्वपन दास, पिङ्की दास, ईशान दास, अनिर्वान बसाक र पञ्चमी दास सामेल छन्। प्राप्त जानकारीअनुसार गत अबेर राति बिहेबाट टोटो एवम् बाइकमा सवार भएर घर फर्किरहेको समय इटाहार पम्पमोड इलाकाको 34 नम्बर राष्ट्रिय राजमार्गमा एउटा मालवाहक लरीसित आपस्तमा ठोक्किँदा घटनास्थलमै 5 जनाको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि लरी चालक र खलासीले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर इटाहार थाना पुलिस घटनास्थलमा पुगेर 5 जनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।
फुलबारीमा ठोक्कियो बालुवा बोकेको वाहन र मालवाहक वाहन


मे 6, 2021

राजगञ्ज : फुलबारीको बटालियन मोड इलाकामा एउटा बालुवा बोकेको लरी र एउटा मालवाहक वाहन आपस्तमा ठोक्किँदा चालकहरू भाग्यले बाँचे। स्थानीय सूत्रले दिएको जानकारीअनुसार एउटा मालवाहक वाहन सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय फुलबारीको बटालियन मोड इलाकामा एउटा बालुवा बोकेको लरीसित ठोक्कियो। स्थानीय मानिसहरूको सहयोगमा मालवाहक वाहनको चालकलाई सकुशल उद्धार गरियो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुवै वाहनलाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button