खबर

देउवालाई भेट्न माधव नेपाल बुढानिलकण्ठमा, ओलीविरुद्ध सहकार्य गर्नेबारे छलफल

२३ बैशाख २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार समम्झ कांग्रेसका सभापति देउवालाई भेट्ने नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल पनि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।

ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन दिएर नेता नेपाल फर्किएका छन् । एमाले मिलाउनका लागि ओलीलाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button