खेलकुद

लिभरपुलले साउथह्याम्टनलाई हरायो

वैशाख २६, २०७८

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्टनलाई २–० ले पराजित गरेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा साडियो माने र थियागो अलकान्तराले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलको ३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए ।

९०औं मिनेटमा थियागो अलकान्तराले रोबर्टाे फिर्मिनोको पासमागोल गर्दै लिभरपुललाई २–० को सहज जित दिलाए । जितसँगै लिभरपुल ३४ खेलबाट ५७ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन ३७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button