वैशाख २६, २०७८
एजेन्सी – यो सिजनको इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर मिलानले साम्पडोरियामाथि ५–१ को सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदान मिलानोमा शनिबार राति भएको खेलमा इन्टरको सानदार जितमा एलेक्सिस सान्चेजले दुई तथा रोबर्टाे गाग्लिआरर्डिनी, एन्ड्रिया पिनामेन्टी र लोउटारो मार्टिनेजले समान एक गोल गरे । साम्पडोरियाका केइटा बाल्डेले एक गोल फर्काए ।
एक पक्षीय बनेको खेलको चौथो मिनेटमा रोबर्टाे गाग्लिआरर्डिनीको गोलबाट मिलानले गोलको खाता खोलेको थियो । २६औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा केइटा बाल्डेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
लगत्तै ३६आं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पहिलो हाफमा ३–१ ले अघि बढाए । ६१औं मिनेटमा एन्ड्रिया पिनामेन्टीले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अघि बढाए । ७०औं मिनेटा लोउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई ५–१ को सानदार जित दिलाए ।
जितसँगै च्याम्पियन इन्टरको ३५ खेलबाट ८५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको ७० अंक छ । पराजित साम्पडोरिया ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अन्य नजिता
स्पेजियाविरुद्ध नेपोली (१–४), उडिनेसविरुद्ध बोलोग्ना (१–१), फ्लोरेन्टिनाविरुद्ध लाजियो (२–०)hamrokhelkud/from



