मूल खबरस्वास्थ्य

नागरिक स्तरबाट कोरोना खोप ल्याउन पहल, रकम संकलन पनि गरिंदै

२६ बैशाख २०७८

न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना संक्रमणको दोस्रो नयां भेरियन्ट भित्रिएसंगै आम नेपालीले कोरोना बिरुद्धको खोप माग गरेपनि राज्यले खोप उपलब्ध गराउन सकेको छैन ।

बिचैलिया हावी भएर नेपाल आउन लागेको खोप पनि रोकिएपछि नागरिक स्तरबाट खोप खरिदकालागि चाहिने रकम सहित पहल शुरु गर्न लागेका छन । अहिले दैनिक रुपमा संक्रमित हुनेको संख्या अत्याधिक बढ्दै जादा पनि सरकारी स्तरबाट खोप खरिदकालागि पहल नभएपछि समाजका केही सचेत नागरिकले खोप खरिदकालागि रकम संकलन गर्ने खोप उत्पादन गर्ने कम्पनीसंग सम्पर्क बढाएका छन ।

उनीहरुले खोप उत्पादन गर्ने देशका नेपालस्थित कुटनीतिक नियोगका अधिकारीहरुलाई भेट्घाट गर्ने कामलाई समेत निरन्तरता दिएका छन । जनस्तरबाट रकम संकलन गरेर लुज नेटवर्क मार्फत खोप गरिदकालागि पहल गर्दै आएको एक अगुवाले न्युजअफ नेपाललाई बताए ।

अहिले नेपाली जनता खोप खोप भनिरहेका छन,चीन सरकारले अनुदानमा दिएको ५ लाख डोज खोप सरकारले थन्क्याएर राखेको खोप खरिदकालागि सरकारी अधिकारी बीच नै कुरा नमिले पछि जनतामाथि भएको अन्याय सहेर बस्न नसकेको कारण हामी अहिले जनस्तरबाट खोप खरिदकालागि भारत, चीन र रसियामा उत्पादन भएको खोप छिटो भन्दा छिटो कसरी ल्याउन सकिन्छ भनेर लागि परेका छौ ती अगुवाले नाम नछाप्ने सर्तमा भने ।

स्वास्थ्य सामग्रीहरु बिभिन्न देशले उपलब्ध गराउने र संसार भर छरिएर रहेका नेपालीहरुले समेत बिभिन्न स्वास्थ्य सामग्री संकलन गरेको भएपनि ढुवानीको समस्या भएकाले नेपाल पठाउन नसकिएको गुनासो बढ्दै गएपनि सरकारले त्यस तर्फ समेत ध्यान दिन नसकेकोमा जनस्तरबाट सरकारको आलोचना हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button