खेलकुद

लेस्टरलाई एफए कप उपाधि

जेठ २, २०७८

एजेन्सी – लन्डन क्लब चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । पाँचौ पटक फाइनल खेलिरहेको लेस्टरले पहिलो पटक उपाधि जित्ने क्रममा वेम्बलीमा १-० को जित हासिल गरेको हो ।

खेलको ६३ औं मिनेटमा युरीटिलेमान्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । युरीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा लेस्टरले खेलमा अग्रता लिएको थियो । खेलको अन्त्यतिर चेल्सीले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन ।

झन्डै २० हजार दर्शक उपस्थित रहेको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । चेल्सीले आफ्नो पहिलो रोजाइको टोली उतारेपनि लेस्टरलाई पराजित गर्न भने सकेन । अब चेल्सीले च्याम्पियन्स लिग फाइनलमा दुई सातापछि म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

लेस्टरले क्लब इतिहासमा नै पहिलो पटक एफए कप उपाधि जितेको हो । यसअघि टोली चार पटक फाइनलमा पराजित भएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button