खेलकुद

च्याम्पियन सिटी ब्राइटनसँग स्तब्ध

जेठ ५, २०७८

एजेन्सी – यो सिजनको प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी ब्राइटनसँग स्तब्ध बनेको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोली ब्राइटनसँग ३–२ ले पराजित भएको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा मंगलबार राति भएको खेलमा ब्राइटनको पूनरागमन जितमा लियान्द्रो ट्रोससार्ड, इडाम वेवस्टेर र ड्यानियल बर्नले गोल गरे । सिटीका इल्केए गुन्डोगान र फिल फोडेनको गोल सान्त्वना बन्यो ।

खेलको दोस्रो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले रियाद महारेजको पासमा गोल गरेका थिए । १०औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । जोओ क्यान्सिलोले ड्यानी वेलब्याकमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै क्यान्सिलोलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

दोस्रो हाफको शुरुमै फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । तर, सिटीले त्यो अग्रतालाई जोगाउन सकेन । ५०औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै ब्राइटनलाई २–१ को अवस्थामा ल्याए । ७२औं मिनेटमा एडाम वेवस्टेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा ड्यानियल बर्नले गोल गर्दै ब्राइटनलाई ३–२ को पूनरागमन जित दिलाए ।

जितपछि ब्राइटन ३७ खेलबाट ४१ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । पराजित सिटी ८३ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा लिड्स युनाइटेडले साउथह्याम्टनलाई उसकै मैदानमा २–० को जित निकालेको छ । लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले गोल गरे । जितपछि लिड्स ५६ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन ४३ अंकसहित १४औं स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button