
८ जेष्ठ २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेको छ ।
प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ । विपक्षी गठबन्धनमा रहेका दलहरूले संसद विघटनविरुद्ध अदालत जाने निर्णय गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ । Ratopati News/from



