मूल खबर

सिंहदरबारमा हस्ताक्षर संकलन गर्दै विपक्षी ५ दलका सांसद

९ जेष्ठ २०७८
न्युज अफ नेपाल ,काठमाडौं ।

विघटित प्रतिनिधिसभाका सांसदहरू सिंहदरबारमा भेला भएका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले अहिले सांसदहरूको हस्ताक्षर गराइरहेको छ।एक सांसदले आफूहरूले हस्ताक्षर सुरु गरेको र त्यसपछि सर्वोच्च अदालत गएर रिट दायर गर्ने जानकारी दिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरूले अहिले हस्ताक्षर गरिरहेका छन्।

अहिले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूले हस्ताक्षर गर्ने क्रम जारी छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरिरहेका छन्।

गठबन्धनको शनिबार बसेको बैठकले १४९ जना सांसदहरूकै हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गर्न जाने निर्णय गरेको थियो। अदालतीय ढाँचामा नै सांसदहरूको हस्ताक्षर भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button