खबर

मेचीनगर एमालेले उपप्रमुखसहित कार्यपालिका सदस्यलाई ‘कठघरामा’ उभ्याउने

जेठ १०, २०७८

झुलन रेग्मी

मेचीनगर । मेचीनगरको नदीजन्य पदार्थ उत्खनन् कार्य र नक्कली विल भौचरमा मुछिएको आशंकामा पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिलाई बोलाएर नेकपा एमाले मेचीनगर कमिटीले स्पष्टीकरण सोध्ने भएको छ ।

एमाले नगर कमिटीले सो घटनामा संलग्न भएको पुष्टि भए कानुनी कारवाही गर्ने जनाएको छ । एमालेले नियम विपरीत कार्य गर्ने जोसुकै भए पनि कारवाही गरेर अघि बढ्ने बताएको छ । मेचीनगरमा एमालेको तर्फबाट उपप्रमुख मीना उप्रेतीसहित बहुमत कार्यपालिका सदस्य छन् ।

नगर पार्टीले मंगलवार (भोलि) राखेको बैठमा उप्रप्रमुख उप्रेतीसहित छानविनको घेरामा परेका आफ्ना जनप्रतिनिधिलाई बोलाएर स्पष्टिकरण सोध्न लागिएको एमाले नगर इञ्चार्ज देवकुमार राईले बताए ।

पार्टीका नगर अध्यक्ष राजु पोखरेलले सोमबार प्रेस विज्ञप्ति नै जारी गरी घटनामा दोषी देखिए कारवाही गर्न माग गरेका छन् । केही समयदेखिको घटनाक्रमलाई नियाल्दा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पार्टीले कोरोनाको यो विषम परिस्थितिलाई बिर्सेर विकास निर्माण तथा अनियमिततामा जनप्रतिनिधि मुछिनु गलत कार्य भएको ठहर पनि गरेको छ । विज्ञप्तिमा छानविन समिति बनाएर पनि निष्कर्षमा पुग्न नसक्नु नगरपालिकाको कार्य सम्पादन सही नभएको जनाइएको छ ।जन संसद अनलाइनबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button