
जेठ १७, २०७८
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड ग्यारेथ बेलको कप्तानीमा आसन्न युरोकपको लागि वेल्सको टोली घोषणा भएको छ ।
वेल्सका अन्तरिम प्रशिक्षक रोबर्ट जोन पेजले बेलको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गर्दा १९ वर्षीय युवा मिडफिल्डर रुविन कलविलले पहिलोपटक टोलीमा स्थान बनाएका छन् । गत फेब्रुअरीमा मात्र कार्डिफ सिटीका लागि डेब्यु गरेका आक्रमक युवा मिडफिल्डर रुविनलाई प्रशिक्षक पेजले आश्चर्यजनक रुपमा टोलीमा समावेश गरेको छ ।
कलविलले टोलीमा स्थान बनाउँदा टोम लरेन्स, रब्बी मटन्डो र ब्रेनन जोनसनले टोलीमा स्थान बनाउन सकेनन् । ‘कलविल प्रतिभावान र नयाँ छन् । उसले मलाई वास्तवमै प्रभावित बनायो । उनी टोलीमा समावेश भएका छन् ।उसले के पायो जुन हामीले केही पाएनौं ।’ प्रशिक्षक रोबर्टले कलविलको बारेमा भने, ‘उसले दाया विंगबाट खेल्न सक्छ । फरवार्डको रुपमा खेल्न सक्छ । मिडफिल्डमा खेल्न सक्छ । यो हाम्रो लागि बोनस हो ।’

सन् २०१६ को युरो कपमा सेमिफाइनलमा पुगेको वेल्स टिममा आरोन राम्से, जोय एलान, वायन हेनेसे, बेन डाभिस, जोनी विलियम्स, डेनी वार्ड, क्रिस गुन्टेर जस्ता अनुभवी खेलाडी रहेका छन । सबै खेलाडीले वेल्सका लागि एक सय क्याप जितेका छन ।
नियमित कप्तान रायन गिग्सको अनुपस्थितिमा वेल्सको कप्तानी ग्यारेथ बेलले नै सम्हाल्ने सम्भावना छ । वेल्सले युरोकपमा जुन १२ मा स्विट्जरल्याण्डसँग बाकुमा खेल्नेछ । त्यसपछि टर्की र इट्लीसँग प्रतिस्पर्धा गर्नेछ ।
वेल्सको पुर्ण टोली
गोलकिपर – वाइने हेन्नेसी (क्रिस्टल प्यालेस), ड्यानी वार्ड (लेस्टर सिटी) र एडाम डाभिस (स्टोक सिटी)
डिफेन्डर – क्रिस गन्टर (चार्लटन एथेलटिक), बिन डाभिस (टोटेनहम), कनर रोबर्ट्स (स्वान्सी सिटी), इतान एम्पाडु (चेल्सी), क्रिस मेपहम (बर्नमाउथ), जोइ रोडन (टोटेनहम), जेम्स लरेन्स (पाउली), निको विलियम्स (लिभरपुल), रेज नोरिङटन डाभिस (सेफिल्ड) र बिन कावाङ्गो (स्वान्सी)

मिडफिल्डर – आरोन राम्से (युभेन्ट्स), जोइ एलेन (स्टोक सिटी), जोनी विलियम्स (कार्डिफ सिटी), ह्यारी विल्सन (लिभरपुल), ड्यानियल जेम्स (म्यानचेस्टर युनाइटेड), डेभिड ब्रुक्स (बर्नमाउथ), जोइ मोरेल (लुटन टाउन), माट स्मिथ (म्यानचेस्टर सिटी), डेलान लेभिट (म्यानचेस्टर युनाइटेड) र रुविन कलविल (कार्डिफ)
फरवार्ड – ग्यारेथ बेल (रियल÷टोटेनहम), किइफर मुर (कार्डिफ) र टेलर रोबर्ट (लिड्स)hamrokhelkud/from



