१९ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ मा बेरुजु रकम ९ करोडभन्दा बढी रहेको बुझिएको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार महालेखा परीक्षकको प्रारभ्भिक प्रतिवेदनका अनुसार मेचीनगर नगरपालिकाको आ।ब। २०७६÷०७७ को अवधिमा ९ करोड ३० लाख रुपैया बेरुजु देखिएको छ ।
नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रारभ्भिक प्रतिवेदनमा पेश्की बाहेकको बेरुजु रकम ८ करोड ३० लाख र पेश्की रकम एक करोड रहेको बुझिएको छ । मेची नगरपालिकाले बिभिन्न सामाजिक संस्था तथा शैक्षिक संस्थाहरुलाई दिएको रकम समेत बेरुजु निस्किएको थाहा भएको छ।
कोरोनाकहरका बेला लेखा परीक्षण भएकाले केही खर्च गरेका प्रमाण भएर पनि पेश गर्न छुटेकाले बेरुजु रकम केही बढी देखिएको मेचीनगरका लेखा अधिकृत पदम कार्कीले चौतारी पोष्ट अनलाइनलाई बताए । ‘३५ दिन भित्रमा खर्च भएका प्रमाण पेश गछौं, त्यसले बेरुजु घटाउँछ ।’ लेखा अधिकृत कार्कीले भने, ‘सबै प्रमाण पेश गर्दा करीब ४ करोड रकम बेरुजु फर्च्यौट हुन्छ ।’



