
जेठ २१, २०७८
एजेन्सी – साविक विजेता स्पेनको युवा टोलीलाई हराउँदै पोर्चुगलको युवा टोली युरो यु–२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
स्लोभेनियामा बिहीबार राति भएको खेलमा जर्ग कुएन्काको आत्मघाती गोल मद्दतमा पोर्चुगल उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा उनले आत्मघाती गोल गर्न पुगेका थिए । खेल सकिन १० मिनेट बाँकी रहँदा उनले पोर्चुगलको आक्रमणलाई जोगाउन खोज्दा आफ्न पोस्टमा गोल गर्न पुगेका थिए ।
अब पोर्चुगलले उपाधिका लागि जर्मनीको सामना गर्नेछ । जर्मनीले नेदरल्यान्ड्समाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको खेलमा जर्मनीको जितमा फ्लोरिएन रित्जले दुई गोल गरेका थिए । नेदरल्यान्ड्सका पेर शुहर्सले एक गोल फर्कापनि हार टार्न सकेन ।फाइनल ७ जुनमा हुनेछ ।hamrokhelkud/from



