खबर

जसपा ठाकुर समूहबाट ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त, आज साँझ ८ बजे सपथ

राजेन्द्र महतो उपप्रधानमन्त्री
२१ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री भएका छन् । मन्त्रीहरुको सपथ साँझ ८ बजे राखिएको छ ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button