
२२ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
धुलाबारी ।‘नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने मुल नाराका विश्व वातावरण दिवस मनाउने क्रममा आज झापाको धुलाबारीमा रहेको आम्दा मेची अस्पताल परिसरमा हाम्रो अभियान झापा र नवीन युवा क्लबको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा मेचि उधोग बाणिज्य संघकातर्फबाट महासचिब ध्रुब कनाल र जागृत बाल उद्धार गृहबाट बिकास देबकोटाकोले समेत संस्थागत रुपमा सहभागिता जनाएका थिए ।







