खबर

शिक्षा सेवी सापकोटाको निधन

२४ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा । लामो समय शिक्षण पेशामा आबद्ध रहेका धुलाबारीका शिक्षासेवी लालप्रसाद सापकोटाको सोमबार दिउँसो निधन भएको छ ।

दुवै मिर्गौला खराब भई विगत केही वर्षदेखि डाइलोसिस गराउँदै आएका सापकोटाको ७३ वर्षको उमेरमा सापकोटाको निधन भएको हो । केही समययता उनको डाइलोसिस हुन सकेको थिएन । मिर्गौला पूरै फेल भएपछि डाइलोसिसमा समस्या आएको बताइएको छ ।

२०२८ सालदेखि शिक्षण पेशामा आबद्ध सापकोटाले त्यसबेला लालपानी स्कूलबाट सेवा सुरु गरेका थिए ।
शिक्षा नै सबथोक ठान्ने सापकोटाले करिब २०४० सालतिर खुटीडाँगीस्थित कविशिरोमणि माविमा अध्यापन सुरु गरे । त्यहाँ करिब २० वर्ष प्रधानाध्यापक रुपमा उनले जिम्मेवारी सम्हालेका थिए । उनले त्यही स्कूलबाट २०६७ सालमा अवकाश लिएर सामान्य जीवन बिताउँदै आएका थिए ।

कुशल प्रशासकको रुपमा छवि बनाएका सापकोटाले शिक्षामा नयाँ आयाम थप्ने काम गरेका थिए ।

उनकी श्रीमती नर्वदा सापकोटा, छोरा श्याम, छोरीहरु सविता र शिला सापकोटा हुन् । सापकोटाको सोमबार नै धुलाबारीस्थित रामघाटमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button