मूल खबर

कोरोनाविरुद्धको २५ डोज खोप पठाएर सरकारले जेष्ठ नागरिकको अपमान गर्‍यो

२५ जेष्ठ २०७८

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै थुप्रै नेपालीको घर उजाड भएका छन् । कतिले छोरा छोरी, गुमाएका छन् भने कतिले बाबु, आमा, दाजुभाई, दिदीबैनी, भाउजु बुहारी, हजुरबा, हजुर आमा, मामा, माईजु, काका, काकी, साथी, संगी, छरछिमेकी गुमाएका छन् । त्यसैगरी राज्यले आफ्ना अमूल्य नागरिक, होनहार व्यक्तित्व गुमाएको छ । यस्तो अवस्थमा नेपाल सरकार पटक पटक नीति निमार्ण तथा कार्यक्रम तयार पार्ने क्रममा चुक्दै आएको छ र जनविश्वास गुमाउँदै छ । झुटो आश्वासन र अपत्यारिलो व्यवहारका कारण आम नागरिकले पटक पटक राज्य संचालकको नियतबाट धोका पाउँने अकालमा जीवन गुमाईरहेका छन् । सत्ता सम्हालेका र बिपक्षीको भूमिकामा रहेका राजनीतिज्ञहरुले यसलाई गम्भिर रुपमा नलिएकै कारण कोरोना संक्रमणमा अस्पतालको बेड खोज्दा खोज्दै, अक्सिजन खोज्दा खोज्दै धेरैको ज्यान गएको छ ।

यति गम्भिर घटनाबाट सरकारले पाठ सिकेको देखिन्न । सोमबार मात्र ७ वटै प्रदेशका ६० देखि ६४ बर्षका नागरिकलाई चीन सरकारको सहयोगमा प्राप्त कोरोना बिरुद्धको भेरोसिल नामक खोप दिने तालिका सार्वजनिक गर्यो । यो सूचना सार्वजनिक भएको २ घण्टा नबित्दै अर्को सूचना जारी गदै ६२ देखि ६४ बर्षका नागरिकलाई खोप दिन योजना बनाई अभियान संचालन गर्न निर्देशन दियो ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई खोप अभियानका लागि यस्तो पत्र काटियो : नेपाल सरकारको नीति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार ६० देखि ६४ बर्ष उमेर समूहलाई हाल प्राथमिकता निर्धारण भई खोप प्राप्त भएपछि दोस्रो मात्र समेत सुनिश्चित गरेर खोप अभियान संचालन गर्न गराउन जानकारी गराईएकोमा केही अष्पष्टता भएको भनी विभिन्न प्रदेश र जिल्लाहरुबाट जानकारी हुन आएकोले जेठ २५ गते देखि संचालन हुने खोप अभियान संचालनमा मातहतका निकायमा समन्वय गरि ६२ देखि ६४ बर्षका नागरिकलाई खोप अभियान संचालन गर्न निर्देशन दिदै अर्को पत्र काट्यो ।

यसमा पनि पहिलो प्राथमिकता ६४ बर्ष अनि मात्र ६३ र ६२ लाई दिन निर्देशन दियो । दुविधाको पराकाष्ट ६ बुद्धे निर्देशनमा दोस्रो नम्बरमा यस अघि खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी इनर्न, ओ.जे.टी.मा रहेका नर्सिङ र पारामेडिक्सहरु प्रत्यक्ष बिरामीको स्याहारमा जुटेकालाई पहिलो डोज खोप दिन निर्देशन दिएको छ । कतिपय ग्रामिण भेगका स्वास्थ्य चौकीहरुमा २० डोज, २७ डोज, २५ जोड खोप पठाएर स्वास्थ्य क्षेत्रकै बदनामी गरेको खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरुको गुनासो छ । खोप लगाउँन खटिएका स्वास्थ्यकर्मीलाई अपमान गर्ने कार्य गरेकोमा दुखी भएको काभ्रेका एक स्वास्थ्यकर्मीले नेपाल समाचारपत्रलाई जानकारी गराए ।

यति मात्र नभै सरकारले निर्देशन दिएको छैटौ नम्बरमा यस अघि पहिलो मात्रा भेरोसेल खोप लिई दोस्रो डोज लगाउन छुटेकालाई पनि दिन निर्देशन दिएको छ । शुरुको निर्देशन अनुसार ६० बर्ष माथिका नागरिकलाई खोप लगाउन आउन सूचना गरिसकेको र खोप केन्द्रमा ६० बर्ष देखि ६४ बर्षका नागरिकको घुईचो लागि रहेको अवस्थामा २५ डोज खोप प्राप्त भएको जानकारी गराउँदा केही समय खोप संचलानमै अप्ठ्यारो परेको र नागरिक स्वयमले नगरपालिकामा फोन गरि भोली खोप पठाउँने आश्वासन पाएपछि खोप संचालन गर्न दिएको नमोबुद्ध नगरपालिका स्यामपाटीका स्थानिय बासिन्दाले नेपाल समाचारपत्रलाई जानकारी गराए ।

गर्न नसक्ने काममा सरकारले यसरी जनतालाई आशा देखाएर निराशा बनाउनु नहुने ईपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासीनी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—सरकारले जनतालाई खोप दिने बिषयमा पहिलो चरणमा भारतसँग सिमाना जोडिएका जिल्ला र जोखिम क्षेत्रलाई लक्षित गरि वितरण गरेको भए यति धेरै समस्या पनि हुने थिएन र तोकिएको उमेर समूहका नागरिक निश्चित जिल्लामा पूर्ण खोपयुक्त हुँदै गर्दा अर्को क्षेत्र तोकी खोप ल्याउने कार्यलाई निरन्तरता दिँदै जानुपर्नेमा खोप जस्तो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भिर बिषयमा सरकारले बिना योजना कनिका छरेझै गर्नु हुँदैन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button