
आइतबार, जेठ ३०, २०७८
एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गरेको गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित गरेका छन् ।
डेनमार्कका महत्वपुर्ण खेलाडी क्रिस्टयन एरिक्सन फिनल्यान्डविरुद्धको पहिलो हाफको अन्त्यतिर अचेत भइ अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । अहिले एरिक्सन खतरामुक्त भइसकेका छन् । झन्डै डेढ घन्टापछि खेल शुरु हुदा उक्त खेलमा डेनमार्क युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डसँग १–० ले पराजित हुन पुगेको छ ।

लुकाकुकै दुई गोल मद्दतमा बेल्जियमले रसियालाई ३–० ले पराजित गरेको छ । उनले रसियाविरुद्ध खेलको १०औं मिनेटमा पहिलो गोल गरेपछि लुकाकु कर्नर फ्ल्यागतिर गए। उनीसँगै खुशियाली मनाउन लागेका सहयात्राीलाई रोके र क्यामेरामा हेदै भने, ‘क्रिस, क्रिस आइ लभ यु!’ लुकाकुले एरिक्सनप्रति गरेको यो समर्पणको यो भिडियो फुटेज र तस्वीर अहिले सामाजिक सन्जालमा भारइरल भएको छ । उनी बेल्जियमका सर्वाधिक गोलकर्ता पनि हुन् ।
इटालियन क्लब इन्टर मिलानले अघिल्लो सिजन सिरी ‘ए’ को उपाधि जित्नदा उनीहरु टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । इन्टर मिलानले १० वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको थियो । लुकाकुको यस्तो किसिमको समर्पणले उनीहरुबीच राम्रो सम्वन्ध रहेको देखिन्छ ।hamrokhelkud/from



