
३१ जेठ २०७८
मेचीनगर । झापाली समाज दक्षिण कोरियाले सोमवार मेचीनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामकालागि उल्लखिय काम गर्दै आएको मेचीनगरलाई स्वास्थ्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्यले सहयोग स्वरूप ती सामान उपलब्ध गराएको समाजले जनाएको छ ।
समाजले उपलब्ध गराएको १ हजार ३ सय ५० थान सर्जिकल मास्क,७ थान पीपीई सेट,५० थान फेस शिल्ड र ४ वटा सेनिटाईजर नगरप्रमुख विमल आचार्यले ग्रहण गरेका थिए।
नगरपालिका परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले यस्तो संकटका बखत समाजले नगरवासीकालागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा समाजप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए।



