३ असार २०७८
चौेतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको मेचीनगर–५ अँधेरीका ४० बर्षीय भीमराज लिम्वूको आफ्नै साथीले हत्या गरेका छन् ।
बुधबार राति करीब ८ः४० बजे स्थानीयले उनलाई मृत अवस्थामा फेला पारे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अनुसन्धाान सुरु गरेको थियो ।
प्रहरी नायव उपरीक्षक सुनिल दाहालको नेतृत्वमा गएको प्रहरीको टोलीले हत्या आरोपमा सोही ठाउँका ५६ बर्षीय सुकराज लिम्वूलाई विहीबार विहान २ बजे पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार प्रारम्भीक बयानमा आपसी झैझगडाको क्रममा आफुले घाँटीमा क्रयाक ब्याण्डेजले बाँधेर हत्या गरेको सुकराजले प्रहरीसमक्ष स्वीकार गरेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
शवलाई पोष्ट मार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । पोष्ट मार्टमको रिपोर्ट आएपछि थप बताउँन मिल्ने प्रहरीले जनाएको छ ।



