खबर

खाने तेलको मूल्य घट्यो

काठमाडौं, असार ७, २०७८

पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।

महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।

बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा मात्रै मूल्य घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले तेलका अन्य लियरमा पनि अनुगमन हुनुपर्ने बताए ।

गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button