खेलकुद

उरुग्वे र चिलीको बराबरी

असार ८, २०७८

एजेन्सी – कोपा अमेरिका कपमा उरुग्वे र चिलीले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा चिलीले सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेसँगै १–१ गोलको बराबरी खेलेको हो ।

एरिना पान्टानल कुइउवा माटो ग्रासो ब्राजिलमा मंगलबार बिहान भएको खेलमा चिलीका इडुआर्डाे भार्गासले गोल गर्दा उरुग्वेले आर्टुरो भिडालको आत्मघाती गोल उपहार पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलको छैटौ मिनेटमा चार्लेस एरानग्वेजले गरेको प्रहारलाई डिफन्डेरले ब्लक गरिदिदा चिली अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा लुइस सुआरेजको पासमा जिओरजियानको डि एरासकेइटाको प्रहारलाई चिलीका गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे । १७औं मिनेटमा चिलीका इरिक पुग्लरको प्रहार सदुपयोग हुन सकेन ।

२५औ मिनेटमा इडुआर्डाे भार्गासको गोलबाट चिलीले अग्रता लियो । उनले बिन बेरेन्टेनको पासमा कठिन एंगलबाट गोल गरेका थिए । २७औं मिनेटमा सुआरेजले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले अवसर खेर फाल्दा उरुग्वे बराबरीबाट चुक्यो । ४४औं मिनेटमा इडिन्सन काभानीको पासमा जियोभानी गोन्जालेजले अवसर खेर फाल्दा उरुग्वेले खेल बराबरी गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा उरुग्वेले लगातार दुई आक्रमण बुनेपनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा पनि उरुग्वेले आक्रमणलाई निरन्तर जारी राख्यो । ५०औं मिनेटमा काभानीले अवसर खेर फाल्यो । ६५औं मिनेटमा फकुन्डो टोरेस र लगत्तै माटिएस भिसिनोदे अवसर खेर फाल्दा सोही मुभमा आर्टुरो भिडालले आत्मघाती गोल गरेपनि उरुग्वेले खेललाई १–१ गोलको बराबरीमा ल्याए । लुइस सुआरेजको प्रहार भिडालाई लाग्दै गोलमा परिणत भएको थियो ।

७१औं मिनेटमा फकुन्डो टोरेस चुक्दा उरुग्वेले अग्रता लिन सकेन । ७३औं मिनेटमा डिएगो गोडिनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ७७औं मिनेटमा जिन मेनेसेस र ७८औं मिनेटमा लुसियानो एरिगाडाले अवसर खेर फाल्दा चिलीले अग्रता लिन सकेन ।

यो बराबरीपछि चिली ३ खेलबाट ५ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा रहँदा पहिलो अंक जोडेको उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । अर्जेन्टिना शीर्षस्थानमा रहँदा पाराग्वे तेस्रो स्थानमा रहँदा अंकविहीन बोलिभिया पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button