खबर

पदमुक्त मन्त्रीहरु किन पुगे एक्कासी बालुवाटार ?

८ असार २०७८

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै पदमुक्त भएका मन्त्रीहरु बालुवाटार पुगेका छन् । मंगलबार पदमुक्त भएका २० मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

मन्त्रीहरु बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पुष्टि गरे । सर्वोच्चको अन्तरिम आदेशबाट पदमुक्त भएका मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । अहिले एक दुई गरेर मन्त्रीहरु बालुवाटार गइरहेका हुन् ।

सर्वोच्च अदालतले आज जनता समाजवादी पार्टीका ११ र एमालेका ९ मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको थियो ।Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button