
१० असार २०७८
काँकडभिट्टा। प्रेस क्लबमेचीनगरले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तरगत विहीबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
यो सँगै क्लवको साताव्यापी कार्यक्रम सम्पन्न भएको छ ।
क्लबले मेचीनगर प्रवेशद्वारको एशियन मार्गको दायाँबायाँ किनारमा विभिन्न प्रजातिका २० वटा शिरिसको बिरुवा रोपेको हो ।

अरूणोदय माध्यमिक विद्यालय मेचीनगर ६ काँकडभिट्टाले बिरुवा उपलब्ध गराएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, प्रेस क्लब मेचीनगरका निर्वतमान अध्यक्ष मुक्ति पौडेल,ईलाक प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरिक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल विओपी काँकडभिट्टाका विओपी पति प्रेम राई, पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले संयुक्तरूपमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए।

क्लवका अध्यक्ष लक्ष्मी उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङ्गले यी विरूवाको रेखदेख र हेरचाह तथा संरक्षण गर्ने जिम्मा मेचीनगर नगरपालिका र वडा नम्वर ६ को रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनलेपत्रकारहरू पनि सामाजिक काममा अग्रसर हुन्छन र समाजलाई सहि मार्गमा डोर्याउन अघि बढ्छन भन्ने सन्देश समेत यस कार्यक्रमले दिएको उनको भनाई छ । वडा सरकारको हैसियतले नगरका पत्रकार र प्रेस क्लब मेचीनगरलाई रचनात्मक कामका लागि जस्तो सुकै साथ सहयोग गर्ने प्रतिबद्धता वडाध्यक्ष तामाङ्गले गरेका थिए ।

प्रहरी नायव उपरीक्षक दाहालले नेपाल प्रवेशको पहिलोद्वार भएको कारण मेचीनगरलाई हरियाली, स्वच्छ, सफा र हराभरा बनाउने जिम्मा सवैक्षेत्रको भएको भन्दै यश कामको थालनी प्रेस क्लवले गरेको भन्दै प्रशंसा गरेका थिए।
आफुले जुनदेखि प्रेस क्लवको बारेमा जानकारी पाईयो त्यसै दिनदेखि यसको अध्ययन गर्दै गर्दा अहिलेसम्म समाजमा क्लवले उदाहरणिय काम गरेको उनको भनाई थियो । क्लवले आफुलाई निक्कै उचाईमा पुर्याएको उनको भनाई छ ।

निर्वतमान अध्यक्ष पौडेलले क्लवका विभिन्न गतिविधको चर्चा गरेका थिए ।अध्यक्ष उप्रेतीले नगरका सरकारी तथा गैर सरकारी कार्यालय , संघ संस्थाको साथ सहयोग विना क्लव अघि बढ्न नसक्ने भन्दै साथ सहयोगको अपेक्षा समेत गरेका थिए ।

सचिव जीआर धितालले सञ्चालन गरेको कार्यक्रममा एन प्याव्सन मेचीनगर अध्यक्ष भगिरथ राई, सशस्त्र प्रहरी नायव निरीक्षक नारायण गौतम,महेन्द्र राजमार्ग यातायात कल्याण कोषका अध्यक्ष विष्णु गौतमसहित सञ्चारकर्मीको उल्लेखिय सहभागिता रहेको थियो ।(फोटो —होमराज राई)



