
११असार २०७८
काँकरभिट्टा । झापाको मेचीनगरबाट प्रकाशन हुदै आएको चौतारी पोष्ट अनलाइन मेचीनगर नगरपालिका कार्यालयमा सुचिकृत नगरिनुको रहस्य खुलेको छ ।
चौतारी पोष्ट अनलाइनलाई नगरपालिकामा सुचिकृत गरिपाउँ भनेर दिइएका निवेदन उपर कुनै कारबार्ही नहुनुको रहस्य बारे नगरपालिका स्रोतले हामीलाई बताएको छ ।स्रोतका अनुसार २०७२ सालमाजतिबेला कर्मचारी र दलीय सयन्त्रबाट नगरपालिका र गाविस संचालन भएका थिए त्यही बेलाको एउटा घट्ना नै भएको बुझिएको छ ।
तत्कालिन अवस्थामा मेचीनगर नगरपालिकाले करिब ६ सय प्रतिशत सम्पत्ति कर बढाएको थियो । मेचीनगरपालिकाले त्यो बेला बढाएको चरम सम्पत्तिकरका बिपक्षमा चौतारी पोष्ट अनलाइनका सम्पादकले पुनरावेदन अदालत इलाम नागरिकप्रति अन्याय भयो भनेर मुद्धा दर्ता गराएका थिए । अदालतले त्यो समयमा मेचीनगर नगरपालिकालाई परमादेश मिश्रित उत्प्रेषण आदेश समेत जारी गरेको थियो । त्यो समयमा मेचीनगर नगरपालिका र सम्पत्तिकर बढाउन सहमत जनाउने राजनीतिक दलका स्थानीय नेताहरुलाई समेत बिपक्षी बनाईएको थियो । नगरपालिका स्रोतका अनुसार अहिले चौतारी पोष्ट अनलाइनलाई मेचीनगरपालिकाले सुचिकृत नगर्नुको मुख्य कारण र रहस्य यही भएको स्रोतको दाबी छ । चौतारी पोष्टले पटकपटक बुझाएका निवेदन र इमेल मार्फत पठाएका निवेदनको वेवास्ता गर्नु र यो विषयमा समाचार प्रकाशित भई सकेपछि पनि संचारमाध्याम माथि भएको यो अन्यायका विषयमा मौन बस्नुले पनि यसको पुष्टि गरेको छ । नगरपालिका श्रोतका अनुसार चौतारी पोष्ट अनलाइनलाई सुचिकृत नगर्नु नियोजित भएको श्रोतको दाबी छ ।



