मूल खबर

ईप्रका काँकरभिट्टाबाट एक कैदी फरार

११असार २०७८
काँकरभिट्टा । झापाको काँकरभिट्टा स्थित ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट आज बिहान एक कैदी फरार भएकाछन् ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार लागू औषध सम्बन्धि मुद्धामा पक्राउ परेका कैदी फरार भएका हुन् । झापाको कन्काई नगरपालिका वडा नं ३ का रोसन यादब नाम गरेका कैदी आज बिहान शौचालय गएको बेला शौचालयको भेण्टिलेसन फोरेर भागेको थाहा भएको छ । फरार कैदीमा कोरोना पोजेटिभ समेत भएको र उनलाई छुट्टै स्थानमा राखिएको स्रोतले बताएको छ । फरार कैदीको अहिले प्रहरीको टोलीले तिब्र रुपमा खोजी गरिरहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button