खेलकुद

अमेरिकी युवा मिडफिल्डर क्लार्क लाइप्जिगमा अनुबन्धित

असार १२, २०७८
एजेन्सी – अमेरिकी युवा मिडफिल्डर काडेन क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । लाइप्जिगले १८ वर्षीय युवा मिडफिल्डर क्लार्कलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब न्युयोर्क रेडबुल्सबाट अनुबन्ध गरेको हो ।

इप्जिगले अट्याकिङ मिडफिल्डर क्लार्कलाई तीन वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी सन् २०२४ सम्म लाइप्जिगमा रहनेछ । क्याटलान क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनी १६ वर्षको उमेरमा सन् २०२० मा एमएसएल क्लब न्युयोर्कमा अनुबन्धित भएका थिए ।

उनीसँग लाइप्जिगले सम्झौता गरेपनि उनी एमएलएसको जारी सिजनको अन्त्यसम्म न्युयोर्कबाटै खेल्नेछन् । उनले सन् २०२० मा न्युयोर्कको दोस्रो श्रेणीबाट युएसएल च्याम्पियनसिप खेल्दा १२ खेलमा ३ गोल गरेका थिए ।

यो सिजन उनले १२ खेलमा ६ गोल गरेका छन् । नयाँ सिजनमा उनले ४ खेलमा ३ गोल गरिसकेका छन् । उनी एमएलएसमा डेब्युमै गोल गर्ने पाँचौ युवा खेलाडी हुन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button