खबर

जागृत बाल उद्धार केन्द्रमा असार पन्ध्र, केन्द्रलाई अझ व्यवस्थित बनाउनु पर्नेमा सहभागीहरुको सुझाव

१५ असार २०७८

काँकरभिट्टा । झापाको मेचीनगर ७ स्थित जागृत बाल उद्धार केन्द्रमा अनाथ बालबालिकाहरुसँग सामाजिक अगुवाहरुले असार पन्ध्र मनाएकाछन् । केन्द्रमा रहेका नानीहरुसँग असार पन्ध्र मनाउँदै गर्दा उनीहरुले केन्द्रलाई थप व्यवस्थित बनाउनु पर्ने सुझाव सहित दीगो रुपमा सञ्चालन गर्नुपर्नेमा दिएका छन् ।

असार १५ को अवसरमा संस्थाको कार्यालय मेचीनगर–७ मा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग गरिएको छलफलका क्रममा सहभागीहरुले जोड दिएका हुन् ।

संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार केन्द्र सञ्चालन गर्न दिगो आयस्रोत नभएकाले आश्रित बालबालिकाको भविष्य अन्धकारहुनसक्ने भन्दैं सहभागी सवैले चिन्ता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेतीले निःस्वार्थ सेवा भावले सञ्चालित यस खाले संस्थाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताईन्् । पोखरेलले जागृत बाल उद्धार केन्द्रलाई सहयोग गर्न नगरपालिका तयार रहेको स्पष्ट पादैं बताइन् । यद्यपि प्रक्रिया पुराएर कानुन सम्मत रुपमा आउनु पर्ने धारणा राखेकी थिईन् ।

एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले नसक्नेलाई सक्नेले सहयोग गरेर समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मेचीनगर वडा नं। ६ का वडाध्यक्ष ललित तामाङ, त्रिवेणी टोलका कुमार गुरुङ, सुनगाभा टोलकी भावना ढुंगेल लगायतले विचार राखेका थिए ।

विकास देवकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बालकृष्ण थापाले सबैको सहयोग र सद्भावबाट मात्रै संस्था सञ्चालन सम्भव हुने बताए।

सोही अवसरमा काँकरभिट्टाका स्थानीय युवा विकास घिमिरेले संस्थालाई ५ हजार रुपैयाँ सहयोगको घोषणा गरे । सहयोगको भरमा चल्दै आएको जागृत बाल उद्धार केन्द्रमा अहिले १७ जना बालबालिका आश्रित छन् । उनीहरुलाई खानबस्नसहित शिक्षाको प्रबन्ध मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button