
ललितपुर । कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी भएसँगै न्यून आए भएका र ज्याला मजदुरी गर्ने कोभिड प्रभावितलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
दैनिक गुजारा चलाउन समस्यामा रहेका नागरिकलाई विहिवार निलकण्ठ न.पा.-१२ दामगाडे धादिङमा रहेको जीवित चर्चका ६५ घरपरिवारलाई नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ), नेपाल ख्रीष्टियन समाज (एनसीएस)को पहलमा टिएफएनले खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
दैनिक ज्यालादारी काम गरी गुजारा चलाएका मजदुरहरु, असहाय, अशक्त व्यक्ति तथा गरिब किसानहरूको दैनिकी सहज बनाउन सहयोग गरिएको संस्थाका संस्थापक अध्यक्ष मुकुन्द कुमार शर्माले बताउनुभयो ।
नेपाल ख्रीष्टियन समाजका प्रशासन तथा वित्तिय संयोजक सोबित सापकोटाको नेतृत्वमा ६५ घरपरिवारलाई प्रति परिवार चामल एक बोरा, दाल, नुन, तेल, साबुन र मास्क सामाग्री वितरण गरिएको छ ।
दोश्रो लहरको कोरोना कहरबाट सृजित विपत्तिलाई थोरै भएपनि मलहम पट्टी लगाउन जोखिम व्यवस्थापन गर्दै ठूलो परिमाणमा संस्थाले राहत वितरण गरेकोमा स्थानीय चर्चका पास्टर बुद्धि बहादुर तामाङले संस्थाको मुक्तकण्ठले प्रशंसा गरे ।
२०७२ को भुकम्पबाट समेत प्रभावित त्यहाँका नागरिक संक्रमणको जोखिमसँगै अहिले धेरैको रोजगारी गुमेको छ । जसका कारण न्युन आएका व्यक्तिहरु समस्यामा परेका छन् । श्रोत: ratopatinews.com



