मूल खबर

देशभर मनसुनी वायु सक्रिय, सतर्कता अपनाउन आग्रह

१८ असार २०७८

काठमाडौं ।

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

उक्त प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे, खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायत क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि यही मौसमी प्रणाली कायम रहनेछ। आज काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ ।

शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २४ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस छ । गत २४ घण्टामा काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै विराटनगरमा ८९ दशमलव ९, सिमरामा ६२ र भैरहवामा ५७ मिलीमिटर वर्षा भएको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button