मूल खबर

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढ्यो,मालबाहक सवारी साधनको समेत भाडा वृद्धि

३० असार २०७८
चौतारी पोष्ट अनलाइन

मेचीनगर । लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको हो ।

बुधबार सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुबाहक सवारी साधनका साथै मालबाहक सवारी साधनको समेत भाडादर समायोजन गरिएको जनाएको छ ।

विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर फ्युल (इन्धन)सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्ट तथा महँगी समेत बढेकाले सो कुरालाई ध्यानमा राखि मूल्य समायोजन गरिएको विभागले जनाएको छ ।

मन्त्रालयका अनुसार यात्रुबाहक सवारी साधनको भाडा साविकको भाडादरमा २८ प्रतिशतले वृद्धि गरिएको छ भने, पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button